मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

६ भदौ, काठमाडौँ । शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए । ‘बाँकी स्थानमा सामान्यतया हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ’, मौसमविद् पौडेलले भने ।

इन्द्रेणी पुग्न साथ भाइरल ११ बर्से कमला घिमिरेको पहिलो दोहोरि,हराईन् रबिनलाई पुरा भिडियो हेरेर सक्दो शेयर गरौ

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य