सकारात्मक सोच : रचनात्मक जीवन” कार्यक्रमको तयारी पुरा , अन्तिम नामावली टिपाउन अनुरोध

अर्जुन पौडेल ।दोहा ,जुलाई 15 गोरखा सेवा समाज कतारले मानव सेवा आश्रम केन्द्रिय कोषको सहयोगार्थ गर्न लागेको कार्यक्रम ‘सकारात्मक सोच:रचनात्मक जीवन’को तयारी करिब पुरा भएको छ l आगामी जुलाई १९ तारिख हुने कार्यक्रममा उत्साहका साथ करिब ९० प्रतिशत सहभागिको दर्ता भए सगै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो l कार्यक्रममा सहभागीहरूलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिने भएको कारण प्रमाण पत्र छपाई लगायतका कामको सहजताका लागि आन्तिम...

...विस्तृतमा पढ्नुहोस्

बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ४३ पुग्यो, २४ बेपत्ता

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । बाढी पहिरोमा परेर २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म एक हजार बढीको उद्धार गरिएको छ । हालसम्म ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार,...

...विस्तृतमा पढ्नुहोस्

बाढी, पहिरो र डुबानबाट मृतकका परिवारलाई २ लाख दिने निर्णय, घाईतेको उपचार खर्च सरकारले तिरिदिने

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बाढीपहिरो र डुबान प्रभावितलाई मद्धत गर्न आव्हान गर्नूभएको छ । साताव्यापी अमेरिकाको भ्रमण सकेर आज प्रदेश राजधानी विरानगर पुगेर मुख्यमन्त्री राईले केही दिनदेखीको अविरल बर्षाका कारण भएको धनजनले आफू दुःखी भएको भन्दै प्रभावितलाई सकेको सहयोग गर्न सबैमा अपिल समेत गर्नुभएको छ । यस विपतको घडीमा सकेको मद्दत गर्न म सबैमा हार्दिक अपिल गर्दछु मुख्यमन्त्री राईले भन्नुभयो...

...विस्तृतमा पढ्नुहोस्

कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाव

अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शनिबार साँझ कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ४५ हजार ५०० क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको छ ।स्थानीय प्रशासनले भने पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।अहिले ५६ मध्ये ४१ ढोका खोलिएको छ । पूर्वी र पश्तिमी किनाल नहर पनि खुला गरिएको छ...

...विस्तृतमा पढ्नुहोस्

बाढीपहिरो : १७ जनाको मृत्यु, ७ घाइते, ७ बेपत्ता

बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर, झापा र पर्सामा गरी १९ जनाले जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जनाले ज्यान गुमाएका छन् । कार्यालयका एसपी रमेश थापाका अनुसार विपदमा परेर ७ जना घाइते छन् भने ४ जनाको उद्दार गरिएको छ । नेपाल प्रहरीले दिएको...

...विस्तृतमा पढ्नुहोस्

मौसम विभागले भन्यो, अझै दुई दिन उच्च सतर्कता अपनाउनु

मौसम तथा बाढीको विषम अवस्था अझै दुईदिनसम्म रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले शुक्रबार दिउँसो विज्ञप्ति जारी गरी मौसम र बाढीको जानकारी आवश्यक परेमा मौसम तथा बाढी पूर्वानुमान महाशाखामा सम्पर्क गर्न पनि भनेको छ । विभागका अनुसार केहीदिनदेखि सक्रिय रहेको मनसुन २६ असारदेखि थप सक्रिय भएको छ । यहि समयमा मध्य तराई क्षेत्रमा शसक्त न्यून चापीय प्रणाली...

...विस्तृतमा पढ्नुहोस्

बागमतीले चार घर बगायो, ६० घर जोखिममा

सिन्धुली । लगातारको वर्षाका कारण बागमती र मरिण नदीमा आएको बाढी बस्तीमा पस्दा सिन्धुलीका दुई बस्ती डुवानमा परेका छन् । बागमती नदीले चार घर बगाएको छ । ६० घरबढी उच्च जोखिममा परेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका को बसपार्कमा बागमती नदी पस्दा त्यहाँका चार घर बगाएको हो । गाउँपालिकाका अध्यक्ष कार्साङ लामाका अनुसार बागमती नदीले बसपार्कमा रहेका राशरण राई, खड्ग वाइवा, पूर्णबहादुर घलान र ज्ञानबहादुर घलानको...

...विस्तृतमा पढ्नुहोस्

मनसुन सक्रियः मनसुनी न्यूनचापीय रेखा नेपालमा, सतर्क रहन विभागको आग्रह

काठमाडौँ, २६ असार । देशभरको मौसम पुर्ण बदली भई मध्य र पुर्वका केहि स्थानमा पानी परिरहेको छ। पश्चिमका धेरैजसो स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभरको मौसम बदली भइ अधिकांस स्थानमा पानी पर्ने संभावना रहेको छ। मनसुन सक्रिय भएका कारण देशका अधिकासं स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ । दिउँसो...

...विस्तृतमा पढ्नुहोस्

विहानदेखि पानी पर्यो, उपत्यकामा अविरल वर्षाको सम्भावना सचेत रहनुहोला

काठमाडौं, २५ असार । काठमाडौं उपत्यकामा विहान देखि पानी परिरहेको छ । सूर्योदय नहुँदै पाँच बजे यता परेको पानी बढिरहेको छ । गएरातिको अविरल वर्षाले देशको पश्चिमी भागमा बाढी बढेको छ । बाँकेमा भारी वर्षाले डुबान भएको छ । त्यहाँ वर्षकै ठूलो वर्षा भयो । यो पनि पढ्नुहोस् एकजना भन्दा बढीसँग यौन सम्बन्ध राख्दा कण्डमले पनि बचाउन सक्दैन यी खतरनाक चार रोगहरु कण्डमलाई परिवार नियोजनको अस्थाई साधनको रुपमा प्रयोग...

...विस्तृतमा पढ्नुहोस्

सुन्दा पनि अचम्मै लाग्ने काठमाण्डौको बालाजु नजिक तार्केश्वारमा बाडीले ५० भन्दा बढी घर डुबायो (हेर्नुहोस् भिडियो सहित )

सुन्दा पनि अचम्मै लाग्ने काठमाण्डौको बालाजु नजिक तार्केश्वारमा बाडीले ५० भन्दा बढी घर डुबानमा (हेर्नुहोस् भिडियो सहित ) भिडियो अन्तेयममा छ हेर्न न भुल्नु होला स्थलगत रिपोर्ट यो पनि पढ्नुहोस् :आँधीखोलामा मृत भेटिए बालक गल्याङ नगरपालिका, आँधीखोलामा एक बालक मृत अवस्थामा भेटिएका छन् । गल्याङ नगरपालिका–११ मुडकिल्लाका ९ वर्षीय सुजन भट्टराईको आँधीखोलामा डुबेर निधन भएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक शंकरप्रसाद आर्चायले जानकारी दिनुभयो । शुक्रबार...

...विस्तृतमा पढ्नुहोस्